काठमाडौं := तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका रविन्द्र मिश्र र दुर्गा प्रसाईंसहित २४ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंले मिश्रसहित थप ५ दिन हिरासतमा राख्नेर अनुसन्धान गर्न अनुमति दिएको हो । उनीहरूविरुद्ध सातौं पटक राज्य विरुद्धको कसुरमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश मोना सिंहको इजलासले म्याद थप गरेको हो ।
यसअघि प्रहरीले मिश्रमाथि राज्य विप्लव र संगठित अपराधमा अनुसन्धान गर्न भनेर अदालतसँग म्याद लिइरहेको थियो । गत चैत १५ गते भएको तीनकुने घटनापछि पक्राउ परेका मिश्रमाथि यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको थियो । आज पुनः मिश्रमाथि आपराधिक उपद्रवको कसुरमा पनि मुद्दा चलाइएको छ ।