‘मिष्टर एण्ड मिस नेसनल नेपाल २०२५’ को टप मोडल र स्विम वेयर राउण्ड सम्पन्न।

काठमाडौं := ‘मिष्टर एण्ड मिस नेसनल नेपाल २०२५’ को टप मोडल र स्विम वेयर राउण्ड सकिएको छ । काठमाडौंको होटल क्राउन इम्पेरियलमा यी दुवै सबटाइल राउण्ड सम्पन्न गरिएको हो । जहाँ अन्तिम २७ प्रतिस्पर्धीहरूले क्याटवाक गरेका थिए । यी दुवै सबटाइल राउण्डमा महिला र पुरुषतर्फबाट शीर्ष आठ-आठसमेत घोषणा गरिएको छ ।

जहाँ टप मोडल राउण्डबाट महिलातर्फ रिजु भट्टराई, वर्षा थापा, युक्ता सिंह, अनिशा श्रेष्ठ, दीक्षा अवस्थी, रविना जिसी, सिल्भिया शर्मा, सुम्निमा पुरी टप आठभित्र हटाउनुभयो । पुरुषतर्फ भने सिद्धार्थ तामाङ, साइरस विश्वकर्मा, अजहार आलम, जीवनकुमार उप्रेती, तेस्वाङ शेर्पा, सिजल कापली, प्रयाग रेग्मी, क्रिशल श्रेष्ठ छनोट हुनुभएको थियो ।

स्विम वेयर राउण्डको महिलातर्फ सुम्निमा पुरी, सिल्भिया शर्मा, अनिशा श्रेष्ठ, दीक्षा अवस्थी, रिजु भट्टराई, रविना जिसी, अञ्जना शेर्पा र मनिषा पन्त टप आठमा पर्नुभयो । त्यस्तै, पुरुषतर्फ टप आठमा जीवन तामाङ, मनिश शाह, सिद्धार्थ तामाङ, साइपस विश्वकर्मा, सिजल कापली, घनश्याम कँडेल, प्रयाग रेग्मी, क्रिशल श्रेष्ठले स्थान बनाउनुभएको थियो ।

स्विम वेयर राउन्डको जजको रूपमा नेसनल डारेक्टर सन्तोष उपाध्यायसहित सजिना खनाल, रोशनी चन्द्र, संस्कृति भट्ट, स्मिथ तामाङ र सुम्निमा खापुङ लिम्बु रहनुभएको थियो । त्यस्तै, टप मोडल राउण्डमा भने सन्तोष उपाध्याय, केदारप्रसाद न्यौपाने, शिशिर वाग्ले, रोशनी चन्द्र, संस्कृति भट्ट र सुम्निमा खापुङ लिम्बु निर्णायकको रूपमा रहनुभएको थियो ।

सनुर्वी इन्टरनेसनलका सञ्चालक तथा मिष्टर एण्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्ययले यस वर्षको संस्करणबाट निकै आशावादी रहेको बताउनुभयो । नोभेम्बर क्लोथिङको चौथो सिजनको टु डर्मा र महिन्द्रा अग्नि समूहले सहकार्य गरेका छन् ।

यस प्रतियोगितमा महिलातर्फ १३ र पुरुषतर्फ १४ गरेर २७ प्रतिस्पर्धी छन् । यही बुधबार २४ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा फिनाले हुँदैछ । जहाँ प्रतिस्पर्धीले ६ वटा अन्तर्राष्ट्रिय उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । जसमा मिस सुप्रानेसनल, मिष्टर सुप्रानेसनल, मिस ग्लोब, मिस इन्टरनेशनल, मिष्टर इन्टरनेसनल, मिष्टर टुरिज्म र मिस इन्टरकन्टिनेन्टल रहेका छन् ।

विजेतालाई ५ लाख बराबरको गिफ्ट ह्याम्परसहित नेपालको प्रतिनिधित्व गर्न मिस्टर एण्ड मिस सुप्रा नेसनल नेपाल २०२४ लाई पोल्यान्ड, मिस्टर इन्टरनेसनल नेपाल २०२४ लाई थाइल्याण्ड, मिस ग्लोब नेपाल २०२४ लाई अल्बानिया र मिस इन्टर कन्टिनेन्टल नेपाल २०२४ लाई इजिप्ट पठाइने भएको छ ।