शो ‘द-भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि धादिङका प्रोसेस पाण्डेले जिते।

काठमाडौं :=सांगीतिक रियालिटी टिभी शो ‘द-भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि धादिङका प्रोसेस पाण्डेले जित्नु भएको छ । शुक्रबार राति काठमाडौंमा भएको ग्र्यान्ड फिनालेमार्फत पाण्डे विजेता घोषित हुनुभएको हो । उहाँ कोच खेम सेञ्चुरीबाट प्रतिनिधित्व गरेर टप चार फाइनलिष्ट बन्नुभएको थियो ।

उहाँ निकटतम् प्रतिस्पर्धीहरू रोशन राई, प्रमेश राई र अर्पणा आचार्यलाई पछि पार्दै भोइस अफ नेपाल बन्नुभएको हो । यस्तै टिम मेलिना राईबाट रोशन राई फष्ट रनरअप हुनुभएको थियो । सेकेन्ड रनरअप टिम राजु लामाबाट प्रमेश राई बन्नुभएको थियो भने अर्पना आचार्य थर्ड रनरअप बन्नुभएको थियो ।

उहाँले टिम उदय सोताङबाट प्रतिनित्व गर्नुभएको थियो । ग्राण्ड फिनाले भव्य र रोचक बनेको थियो जहाँ विभिन्न ट्यालेन्टले गायकी प्रस्तुत गरेका थिए । विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायतका अतिथिले पुरस्कार प्रदान गर्नुुुभएको थियो ।

विजेता भएसँगै पाण्डेले भ्वाइसबाट २० लाख नगद प्राप्त गरे भने अन्य दुई प्रायोजकबाट १/१ लाख रुपैयाँ प्राप्त गरे । हिमालय टिभीले लगत्तै भ्वाइसको किड्स संस्करण सुरुवात गर्दैछ ।