आईपीएलमा छैटौँ जितसहित मुम्बई इन्डियन्स अंक तालिकाको शीर्ष स्थानमा।

एजेन्सी := इन्डियन प्रिमियर लिग (आईपीएल)मा लगातार छैटौँ जितसहित मुम्बई इन्डियन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। बिहीबार भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई १०० रनले हरायो। पराजित राजस्थान भने प्लेअफ दाैडबाट बाहिरिएको छ। जयपुरमा मुम्बईको सन् २०१२ पछिको पहिलो जित हो।

२१८ रनको लक्ष्य पछ्याएको राजस्थान १६.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ११७ रनमा सीमित भयो। राजस्थानका जोफ्रा आर्चरले सर्वाधिक ३० रन बनाउनुभयो । राजस्थानलाई कम योगफलमा सीमित गर्ने क्रममा करण शर्माले चार ओभरमा २३ रन खर्चेर तीन तथा ट्रेन्ट बोल्टले २.१ ओभरमा २८ रन खर्चेर ३ विकेट लिनुभयो । जसप्रित बुमराहले चार ओभरमा १५ रन खर्चेर दुई विकेट लिनुभयो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले दुई विकेटको क्षतिमा २१७ रन जोडेको थियो। मुम्बईका लागि प्लेयर अफ द म्याच समेत घोषित रेन रिकेल्टनले ३८ बलमा ६१ रन बनाउनुभयो । उहाँले रोहित शर्मासँग पहिलो विकेटका लागि ११६ रनको साझेदारी गर्नुभयो ।१२ औँ ओभरको पाँचौँ बलमा थक्सेनाले उहाँलाई बोल्ड गर्नुभएको थियो ।

रोहितले ३६ बलमा ५३ रन जोडे। सूर्य कुमार यादव र हार्दिक पाण्डे दुई रनले अर्धशतक बनाउन चुक्नुभयो । यादव र पाण्डेले समान २३/२३ बलमा ४८,४८ रन बनाउनुभयो। मुम्बई १४ अंकसहित शीर्ष स्थानमा पुगेको छ , भने राजस्थान ११ खेल खेल्दा तीन जित र आठ हारसहित ६ अंक बनाएर तीन खेल बाँकी हुँदै बाहिरिएको छ।