क्वालालम्पुर (मलेसिया):= आज बिहानैदेखि मौसम खराबीको कारण लगातार परेको वर्षाको पानीले सेलाङ्गर पेटालिङ्जायामा पर्ने काम्पुङ बारु सुङ्गाईबुलोह र काम्पुङ पाया जारास हिलिर ,पिजे आसपासको ८६ वटा भन्दा धेरै घर डुबानमा परेका छन् ।
सेलाङ्गोर अग्नि तथा उद्धार विभाग (JBPM) बोम्बाका अपरेशनका सहायक निर्देशक अहमद मुख्लिस मुख्तारले बताए अनुसार बोम्बाका अफिसर हरु बिहान ०५:०० बजेदेखिनै उद्दार कार्यमा खटिरहेको छ । मानवीय क्षेती नभएपनि सडकमा अत्याधिक पानी जमेर गाडीमै फसेका यात्रु र् स्थानीय हरुको उद्दार कार्य समेत भैइरहेको सबैजना सकुशल रहेको बताए ।
मलेसियामा विगत देखिनै यदी लगातार पानी परेमा यहाँका कैयौं ठाउँहरुमा बाढी आउने गरेको छ । जसले गर्दा बेला – बेला स्थानीय नागरिक हरु प्रभावित हुने गरेका छ्न ।