एजेन्सी := इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले लगातार तेस्रो जित दर्ता गरेको छ। आइतबार भएको खेलमा चेन्नई सुपर किङ्सलाई ९ विकेटले हराउँदै मुम्बईले लगातार तेस्रो जित निकालेको हो। चेन्नईले दिएको १७७ रनको लक्ष्य मुम्बईले १ विकेटको क्षतिमा २६ बल बाँकी रहँदा नै पुरा गरेको हो।
मुम्बईलाई जित दिलाउने क्रममा रोहित शर्माले अविजित ७६ रन प्रहार गर्नुभयाे । ४५ बलको सामना गर्नुभएकाे उहाँले पारीमा ४ चौका र ६ छक्का समावेश थियो। शर्मा प्लेयर अफ द म्याच बन्नुभयाे । सूर्यकुमार यादवले पनि शानदार ब्याटिङ गर्दै नटआउट ३० बलमा ६८ रन प्रहार गर्नुभयाे ।
उहाँले ६ चौका र ५ छक्का हिर्काए। चेन्नईमा महेश पाथिसनाले १० बल बलिङ गरेर ३४ रन खर्चिनुभयाे । जेमी ओभरटनले दुई ओभरमा २९ रन खर्चिनुभयाे ।यसअघि मुम्बईको बाखडे रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले पाँच विकेटको क्षतिमा १७६ रन जोडेको थियो।
चेन्नईका लागि रवीन्द्र जडेजाले ३५ बलमा ५३ तथा शिवं दुवेले ३२ बलमा ५० रन बनाउनुभयाे । सात बलर प्रयोग गरेको मुम्बईका लागि स्टार बलर जसप्रित बुमराहले चार ओभरमा २५ रन खर्चेर दुई विकेट लिनुभयाे । मुम्बईका अश्विनी कुमारले एक विकेट लिए पनि दुई ओभरमा ४२ रन खर्चिनुभयाे ।
लगातार तेस्रो जित हात पारेको मुम्बई आठ अङ्कसहित छैटौँ स्थानमा उक्लिएको छ। शीर्ष ५ टोली गुजरात टाइटान, दिल्ली क्यापिटल, रोयल च्यालेन्जर बंगलोरु, पन्जाब किङ र लखनउ सुपर जेन्ट्सको १० अङ्क छ ।