काठमाडौं := नेपालका १९ वर्ष मुनिको युवा क्रिकेट टोलीको आईसीसी यू-१९ विश्वकप खेल्ने सपना अधुरै भएको छ। शनिवार बिहानैदेखि मूलपानी क्रिकेट मैदान वर्षाले बिथोलेपछि दिउँसो ०२:०० बजेसम्म पनि टस हुन नसकेपछि खेल रद्द हुन पुगेको थियो।
आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटअन्तर्गत आज अफगानिस्थानविरुद्धको खेल वर्षाका कारण हुन नहुनेपछि अफगानिस्तान विश्वकपका लागि छनोट भएको हो । तल्लो मुलपानी क्रिकेट मैदानमा शनिबार बिहान साढे ९ बजे खेल हुने तालिका थियो । तर वर्षाका कारण खेल समयमै हुन सकेछ। पानीले भिजेको मैदान सुकाउने काम भए पनि समय अभावका कारण खेल हुन सकेन ।
शनिवार बिहानैदेखि वर्षा हुँदा तल्लो मूलपानी मैदानको ‘आउट फिल्ड’ नराम्ररी भिज्न पुग्यो। पिच कभर गरिए पनि बाउन्ड्री लाइनमा धेरै पानी जमेपछि खेल हुन सकेन। ११ बजेपछि पानी पर्न बन्द हुँदा आउट फिल्ड सुकाउन निकै मेहनत गरिएको थियो।वर्षाका बेला पनि मूलपानी पुगेका दर्शक निराश भएर फर्किन बाध्य भए ।

शनिबारको खेल दुवै टोलीको लागि महत्वपूर्ण थियो । दुवै टोलीले प्रतियोगितामा समान तीन/तीन खेल जितेका थिए । वर्षाले खेल प्रभावित भएपछि दुवै टोलीले समान एक/एक अङ्क बाडेँ । दुवै टोलीसँग समान ७/७ अङ्क भएपनि रनरेटको आधारमा अफगानिस्तान विश्वकपमा छनोट भएको हो । अफगानिस्तानको रन रेट ४.८१ छ भने नेपालको रन रेट ३.५७ छ।
आइसिसी यू–१९ क्रिकेट विश्वकप वर्ष सन् २०२६ मा जिमबाबे र नामिबियामा हुनेछ । टेस्ट राष्ट्र अफगानिस्तान र नेपालबीचको खेलमा भने अफगानिस्तान अगाडि रहँदै आएको छ। यी दुई टोलीबीच १९ पटक आमने सामने हुँदा १२ खेल अफगानिस्तानको पक्षमा गएको छ भने नेपालले ७ खेलमा जित पाएको छ।




















