काठमाडौं := आगामी वर्ष जेठमा कर्णाली प्रदेशमा तय भएको दशौं राष्ट्रिय खेलकुद नहुने भएको छ । दोस्रोपटक मिति सार्दै २०८२ साल जेठ ३ देखि १० गतेसम्म कर्णालीमा दशौं राष्ट्रिय खेलकुद हुने तय थियो । तर, यो आर्थिक वर्षमा अब दशौं हुने पक्का भएको छ ।
शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा जारी राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद जेठमा नहुने निर्णय सुनाउनुभएको हो । यो आर्थिक वर्षमा दशौं नहुने जानकारी गराएको बोर्डका एक सदस्यले जानकारी दिनुभयो ।
२०७९ सालमा गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदको समापन अवसर दुई वर्षपछि २०२८१ मंसिरमा दशौं कर्णाली प्रदेशमा गर्नेगरी झण्डा हस्तानतरण गरिएको थियो । तर, भौतिक पूर्वाधार र विभिन्न कारण देखाउँदै निर्धारित समयमा दशौं हुनसकेन ।
पहिलोपटक मिति सारेर २०८१ चैतमा गर्ने निर्णय गरिएको थियो । आर्थिक कारण देखाउँदै चैतमा पनि गर्न नसकिने भन्दै दोस्रोपटक मिति सारेर २०८२ जेठमा पु¥याइएको थियो । अब जेठमा पनि नहुने दशौं राष्ट्रिय खेलकुद यो आर्थिक वर्षमा टरेको छ ।



















