मलेसियामा सडक दुर्घटनामा परि गम्भीर घाइते महतोको उपचारको क्रममा मृत्यु।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा सडक दुर्घटनामा परि गम्भीर घाइते भैइ अस्पतालमा उपचाररत रहेका  एक नेपाली श्रमिकको मृत्यु भएको छ ।

उपचारको क्रममा गत महिना मार्च २९ तारिखको दिन मृत्यु हुनेमा धनुषा जिल्लाको मिथिला नगरपालिका-८ कुशुमबिछौना निवासी राज कुमार महतो रहेको हेल्प मधेसी मलेसियाका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र महतोले बताए ।

४० बर्षिय मृतक राजकुमार महतो सेलाङ्गर पाङ्सापुरीमा विगत ८ बर्षदेखि रफिक फोर्स एम एसडिएन बिएचडी (rafiq force (m) sdn bhd) नामक सेक्युरिटी कम्पनीसंग आवद्ध रहि काम गर्दै आएका थिए ।

गएको महिना मार्च २६ तारिखका दिन मृतक महतो दिनहुँजसो ड्युटी जाने क्रममा सड्कमा गाडीले ठक्कर दिएर भागेका थिए । सख्त घाइते उनलाई रोजगारदाता कम्पनीले अस्पतालमा भर्ना गराएर उपचार गराइरहेका थिए, तर डाक्टरले हर प्रयास गर्दा पनि बचाउन सकेनन् ।

हाल रोजगारदाता कम्पनीले मलेसियास्थित नेपाली राजदूतावासको सहयोग समन्वयमा उनको मृत शव अन्तिम दाह संस्कारको लागि नेपाल पठाउने तयारी गरिरहेको छ, भने स्थानीय प्रहरीले ठक्कर दिएर भाग्ने गाडीवालाको खोजी कार्य गरिरहेको जानकारी प्राप्त भएको छ ।