विदेश भाग्न सक्ने भन्दै सरकारले पूर्व राजा ज्ञानेन्द्रको (पासपोर्ट) रद्द गर्ने तयारी गर्दै।

काठमाडौं := नेपाल सरकारले पूर्व राजा ज्ञानेन्द्र शाहको राहदानी (पासपोर्ट) रद्द गर्ने तयारी गरेको छ। गृहमन्त्रालय उच्च स्रोतका अनुसार उनी विदेश भाग्ने तयारीमा रहेको सुराकी पाएपछि पासपोर्ट रद्द गर्ने प्रक्रिया अघि बढाइएको हो।

शुक्रबारको हिंसात्मक आन्दोलनका लागि राजावादीहरूलाई उनैले उक्साएको सरकारको ठम्याइ छ। पूर्वराजाले आन्दोलनको अघिल्लो दिन दुर्गा प्रसाईं र नवराज सुवेदीलाई भेटेर हिंसात्मक आन्दोलनको निर्देशन दिएको सरकारको दाबी छ।

सरकारमाथि ज्ञानेन्द्रलाई कारवाही गर्न विपक्षी दलहरुबाट पनि दबाब बढिरहेको छ । यस्तोमा उनी अनुसन्धान थालिएपछि विदेश भाग्न सक्ने आशंकामा पासपोर्ट रद्द गर्न लागिएको हो । यो प्रक्रिया अघि बढिसकेको छ ।