मलेसियन अध्यागमन विभाग “इमिग्रेशन”ले हरिरायामा क्वालालम्पुरको मुख्य पाँच ठाउँमा धरपकड छापामारी गर्ने।

क्वालालम्पुर (मलेसिया):= मलेसियन अध्यागमन विभाग जाबातन “इमिग्रेशन” ले हरिराया पर्वको विदाको अवसरमा राजधानी क्वालालम्पुर क्षेत्रमा व्यापक छापामारी धरपकड गर्ने जनाएको छ ।

हरिरायाको छुट्टी को अवसर पारेर अत्याधिक धेरै विदेशी कामदारहरु जम्मा हुने र घुम्न आउने क्वालालम्पुर भित्र पर्ने ठाउँ क्रमशः मेनारा केयलसिसि टावर , कोताराया , बुकितबिन्ताङ , जालान सिलाङ , मस्जिद ईन्डियामा अध्यागमन प्रहरी परिचालन गरिने र अवैधानिक हैसियतमा रहेका विदेशी हरुलाई पक्राउ गरि जेल चलान गरिने क्वालालम्पुर अध्यागमन विभाग इमिग्रेशनका निर्देशक मोहम्मद सौपी वान युसुफले स्थानीय सञ्चार माध्यमलाई बताए ।

निर्देशक युसुफका अनुसार हरिरायामा प्रायः कम्पनी हरुमा विदा हुने गरेकोले विदेशी कामदार हरु घुम्न आउने र मलेसियन अध्यागमन कानुन अनि मलेसिया देशकै कानुन उलंघन गर्ने गरेको सूचना पाइएकोले यस् पटकको हरिरायामा व्यापक छापामारी गरि चेकजाँच गरिने र अध्यागमन कानुन उलंघन गरेको पाइएमा पक्राउ गरि जेल चलानसंगै डिपोर्ट गरिने बताए ।

उनले क्वालालम्पुर अध्यागमन विभागले यो बर्षको जनवरीदेखि अहिले चलिरहेको मार्च महिनासम्ममा १५० वटा ठाउँमा छापामारी गरिएको र छापामारी धरपकडको क्रममा १ हजार ९९ जना अवैधानिक विदेशी हरु पक्राउ गरिएको उनले बताए । पक्राउ पर्नेमा बाङ्लादेश , इन्डोनेसिया , चाईना , म्यानमार , ईन्डिया , पाकिस्तान , भियतनाम , थाइल्यान्ड लगायत देशको नागरिक बढीरहेको बताए ।

News source : Buletintv3.my/nasional malaysia