काठमाडौं := इण्डियन प्रिमियर लिग(आईपीएल)मा कोलकत्ता नाइट राइडर्सले पहिलो जित हासिल गरेको छ। बुधबार भएको खेलमा राजस्थान रोयाल्सलाई ८ विकेटले हराउँदै कोलकत्ता विजयी भएको हो।
कोलकत्ता आफ्नो पहिलो खेलमा बैंगलुरुसँग पराजित भएको थियो। राजस्थानको भने यो लगातार दोस्रो हार हो। राजस्थान पहिलाृे खलेमा हैदराबादसँग पराजित भएको थियो। राजस्थानले दिएको एक सय ५२ रनको लक्ष्य कोलकत्ताले १७.३ अोभरमा २ विकेट गुमाएर पुरा गर्यो।
कोलकत्ताको जितमा ओपनर क्विन्टन डि ककले शानदार ब्याटिङ गरे। उनले ६१ बलमा ८ चौका र ६ छक्का प्रहार गर्दै ९७ रनमा अविजित रहे। यस्तै अंगक्रिश रघुवंशीले २२ तथा कप्तान अजिंख्य रहाणेले १८ रन बनाए। यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ५१ रन बनाएको थियो।
राजस्थानका ध्रुव जुरेलले सर्वाधिक ३३ रन बनाए। यस्तै यशस्वी जैसवालले २९ रन बनाउँदा कप्तान रियान परागले २५ तथा जोफ्रा आर्चरले १६ रन बनाए।कोलकत्ताका वैभव अरोरा, हर्षित राणा, मोइन अली र वरुण चक्रवर्तीले समान दुई दुई विकेट लिए।
राजस्थानको यो लगातार दोस्रो हार हो। यसअघि पहिलो खेलमा सनराइजर्स हैदरावादसँग ४४ रनले पराजित भएको थियो। आज बिहीबार राति सनराइजर्स हैदरावाद र लखनऊ सुपरजायन्ट्स खेल्दैछ।




















