क्वालालम्पुर (मलेसिया):= नेपाल तामाङ घेदुङ क्षेत्रीय समिति जोहोर मलेसियाको तेस्रो अधिवेशन कार्यक्रम-२०२५ हुने तय भएको छ ।
घेदुङ जोहोर समितिको तेस्रो अधिवेशन यहीँ मिति सन् २०२५ अप्रिल ०६ तारिख आईतवारको दिन एनआरएनए क्षेत्रीय समिति जोहोरको सभाहलमा बिहान १०:०० बजेदेखि आयोजना हुने तय भएको नेपाल तामाङ घेदुङ मलेसियाको केन्द्रिय महासचिव सविन लोप्चन तामाङले बताउनुभयो ।
केन्द्रिय महासचिव तामाङका अनुसार जोहोर समितिको दोस्रो अधिवेशन पश्चात् क्षेत्रीय समितिको कार्यसमिति एकदमै निष्क्रिय भएको र जसको फलस्वरुप केहि बर्षसम्म जोहोर समितिभित्र कुनै पनि गतिविधि नहुने गरेको अवस्थामा पुगेको बेला पुनः जोहोर राज्यमा रोजगारीको सिलसिलामा बसोबास गर्ने तामाङ समुदायका युवा , युवती हरुलाई एकजुट गरि तेस्रो अधिवेशन गर्न लागिएको बताउनुभयो ।
सो अधिवेशनमा तामाङ समुदायसंगै सम्पुर्ण नेपाली जनसमुदायलाई उपस्थितिको लागि पत्राचार समेत गरिसकिएको र पत्र नपुगेको नेपालीहरु पनि उपस्थिति जनाउन सकिने आयोजक संस्थाले जानकारी दिनुभयो ।




















