साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप फुटबल-२०२६ का लागि छनोट।

एजेन्सी := साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ। बुधबार बिहान भएको दक्षिण अमेरिकी समूहको छनोटको खेलमा सातौँ स्थानको बोलिभिया र उरुग्वेले गोलरहित बराबरी खेलेपछि अर्जेन्टिना विश्वकपमा छनोट भएको हो।

अर्जेन्टिनाका लागि खेलको चौथो मिनेटमा गोल गर्दै जुलियन अल्बारेजले अग्रता दिलाएका थिए । १२औँ मिनेटमा एन्जो फर्नान्डेजले गोल गरेसँगै अर्जेन्टिनाले खेल २-० को स्थितिमा पुर्‍यायो ।

२६औँ मिनेटमा ब्राजिलका लागि म्याथु चुन्हाले गोल गर्दै स्कोरलाई २-१ को स्थितिमा पुर्‍याए । तर, ३७औँ मिनेटमा अर्जेन्टिनामा एलेक्स म्याक एलेस्टरले गोल गर्दै खेललाई ३-१ को स्थितिमा पुर्‍याए ।  ७१औँ मिनेटमा अर्जेन्टिनाका जिलियन सिमोनले गोल गर्दै ब्राजिलविरुद्ध ४-१ को जित सुनिश्चित गरे ।

सन् १९७८ मा पहिलो पटक विश्वकप जितेको अर्जेन्टिनाले दोस्रो पटक सन् १९८६ मा सफलता पाएको थियो । तेस्रो पटक सन् २०२२ मा अर्जेन्टिनाले कतारमा भएको प्रतियोगितामा सफलता पाएको हो ।

हालसम्म सन् १९३८ मा इटाली र सन् १९६२ मा ब्राजिलबाहेक अन्य टोलीले विश्व कप उपाधि रक्षा गर्न सकेका छैनन् । सन् २०२६ को विश्वकपमा दक्षिण अमेरिकाबाट ६ टोली सिधै प्रवेश पाउने छन्।

शीर्ष स्थानको अर्जेन्टिनाको २८ तथा सातौँ स्थानको बोलिभियाको १४ अङ्क छ। बोलिभियाले चार खेल खेल्न बाँकी छ।