क्वालालम्पुर (मलेसिया) : = एएफसी एसियन कप छनोटको अन्तिम चरण अन्तर्गत मंगलबारको राती भएको आफ्नो पहिलो खेलमा नेपाल मलेसियासँग २-० ले पराजित भएको छ।
मलेसियाले पहिलो र दोस्रो हाफमा सम्मान १-१ गोल गर्दै तीन अङ्क निश्चित गरेको थियो। खेल अवधिभर मलेसियाले पूर्ण दबाबमा राखेको नेपाल विरुद्ध खेलको २९ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो।
उसका लागि हेक्टर हेभलले गोल गर्दै टिमलाई अग्रता दिलाए। सुल्ताइन इब्राहिम स्टेडियममा हेक्टरले आफ्नो डेब्यु खेलमै गोल गरेका हुन्। पहिलो हाफमा पूर्ण दबाबमा खेलेको नेपालविरुद्ध मलेसियाले दोस्रो हाफमा पनि सोहि लय कायम राख्यो। उसका लागि ७० औं मिनेटमा लाभेरी कोर्विनले अग्रता दोब्बर बनाए।
उनले फ्रिकीक बलमा अरिफ अमिन हनापीको आकर्षक क्रसलाई गोलमा परिणत गरेका थिए। यो सँगै मलेसियाले समूहमा महत्वपूर्ण तीन अङ्क प्राप्त गरेको छ। समूहमा मलेसिया सहित नेपाल, भियतनामा र लाओस रहेका छन्। होम एण्ड अवे खेलपछि शीर्ष स्थानमा रहने एक टिमले एसियन कपमा स्थान बनाउने छ।
सन् २०२७ को एसिया कप साउदी अरबमा हुँदैछ । आजदेखि तेस्रो चरणको छनोट खेलहरू भइरहेका छन् । यसमा विभिन्न देशहरुलाई ६ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ४ वटा टोली छन् । हरेक समूहको विजेता प्रतियोगिताको लागि छनोट हुनेछ ।




















