फिल्म ‘वसन्त’मा जातकै आधारमा हुने भेदभाव, प्रेममा आउने तगारोको कथा।

काठमाडौं := प्रदर्शन मिति नजिकिँदै गर्दा गायक, अभिनेता प्रकाश सपुतले आफ्नो फिल्म ‘वसन्त’ को प्रचार-प्रसारलाई तीव्रता दिनुभएको छ । यसै क्रममा शनिबार काठमाडौंमा एक कार्यक्रमबीच ‘वसन्त’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘वसन्त’ को चार मिनेट लामो ट्रेलरले चलचित्रको कथावस्तुबारे प्रकाश पारेको छ ।

जनआन्दोलनको समय अर्थात् ०६२-६३ सालको परिवेशमा तयार पारिएको चलचित्रले जात व्यवस्था विरुद्धको कथा उठाएको छ । समाजमा जातकै आधारमा हुने भेदभाव, प्रेममा आउने तगारो र पात्रहरूले गर्ने संघर्षलाई ट्रेलरमा मर्मस्पर्शी ढंगले चित्रण गरिएको छ।

प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्कबहादुर पुन ‘खबपु’, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायतको अभिनय छ । ‘वसन्त’ यही २२ चैतबाट प्रदर्शनमा आउने तयारीमा छ ।