आईपीएल २०२५ मा रोयल च्यालेन्जर्स बैंगलुरुको विजयी सुरुवात।

Krunal Pandya of Royal Challengers Bengaluru celebrating the wicket of Ajinkya Rahane (c) of Kolkata Knight Riders during match 1 of the Indian Premier League season 18 (IPL 2025) between the Kolkata Knight Riders and the Royal Challengers Bangalore held at the Eden gardens Stadium, Kolkata on the 22nd March 2025. Photo by s Saikat Das/ Sportzpics for IPL

एजेन्सी := इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुवात गरेको छ। शनिबार भएको उद्घाटन खेलमा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराउँदै बैंगलुरुले विजयी सुरुवात गरेको हो । कोलकाताले दिएको १७५ रनको लक्ष्य बैंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाए पूरा गर्यो ।

बैंगलुरुका लागि विराट कोहली र फिल साल्टले अर्धशतक प्रहार गरे । ३६ बलको सामना गरेका कोहलीले ३ छक्का र ४ चौकासहित ५९ रन बनाए । त्यस्तै साल्टले ३१ बलमा ९ चौका र २ छक्कासहित ५६ रनको योगदान दिए । कप्तान रजत पाटीदारले १६ बलमा ३४ रन बनाए ।

बलिङतर्फ कोलकाताका वैभव अरोरा,वरुण चक्रवर्ती, सुनिल नारायणले एक एक विकेट लिए ।त्यसअघि कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको कोलकाता निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७४ रन बनाएको थियो ।

कोलकोताका लागि कप्तान अजिंक्य रहानेले ५६ रनको अर्धशतकीय पारी खेले। यस्तै सुनिल नारायणले ४४ रन बनाए । अंगक्रिस रघुवंशीले ३० रन बनाए। त्यस्तै रिंकु सिंहले १२ रन बनाउँदा ओपनर क्विन्टन डी कक ४ रनमा आउट भए ।

बैंगलुरुका लागि कुर्नाल पाण्ड्यले तीन विकेट लिए । चार ओभर बलिङ गरेको कुर्नालले २९ रन खर्चिए । यस्तै जोश हेजलवुड दुई विकेट लिए। आईपीएलमा आज पौने ४ बजे सनराइजर्स हैदरावादले राजस्थान रोयल्सको सामना गर्नेछ भने पौने ८ बजे चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स आमनेसामने हुनेछन् ।