नेपालले सिंगापुर विरुद्ध ऐतिहासिक जित हासिल गर्यो।

क्वालालम्पुर := नेपालले सिंगापुर विरुद्ध ऐतिहासिक जित हासिल गरेको छ। फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा शुक्रबार भएको खेलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पहिलो पटक पराजित गरेको हो।

सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो। नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए। मनिष डाँगीले दाया विंगबाट दिएको पासलाई उनले पहिलो टचमै गोलमा परिणत गरेका थिए। जिलेस्पीको राष्ट्रिय टोलीबाट यो तेस्रो गोल हो।

नेपालले एएफसी एसियन कप छनोट खेल्ने तयारीमा क्रममा मैत्रीपूर्ण खेल खेलको हो। अब नेपालले एसियन कप छनोटको तेस्रो चरणमा मलेसियाको सामना गर्नेछ। यस समूहमा भिएतनाम र लाओस पनि छन्। शीर्षस्थानमा रहेको टोलीले एसियन कप खेल्नेछ। सिंगापुर फिफा वरियतामा नेपाल भन्दा १५ स्थान माथि छ ।