मलेसियामा सडकमा हूलदंगा गर्दै आन्दोलन गर्ने १३ जना नेपाली ४ दिनको लागि हिरासतमा।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको पेराकस्थित बातु लापान जालान चाङ्गकात जोङस्थित बीच सडकमा आन्दोलन गर्ने १३ जना नेपालीहरु मलेसियन प्रहरीद्वारा पक्राउ परेको छ ।

होली पर्वको दिन शुक्रबार राती बाटो काट्ने क्रममा आफ्नो नेपाली सहकर्मी कामदारको सडक दुर्घटनामा गाडीको ठक्करले मृत्युु भएपछि न्यायको माग गर्दै हातमा लगाउने पंन्जा उत्पादन हुने कम्पनीमा कार्यरत १ हजार भन्दा बढि नेपाली श्रमिक सडकमै ओर्लेर आमहडताल , हूलदंगा गर्दै होहल्ला गरेका थिए ।

पक्राउ परेकामाथि दण्डसंहिताको धारा १४७ अन्तर्गत अनुसन्धान भइरहेको छ । हिट एन्ड रन मुद्दा सडक यातायात ऐन १९८७ को धारा ४१(१) अन्तर्गत पर्दछ ।पक्राउ परेका सबैलाई चार दिनका लागि हिरासतमा राखिएको छ ।

अबिदिनले थप अनुसन्धानका लागि तेलुक इन्टान मजिस्ट्रेटको अदालतमा निवेदन दिएको बताए । ‘जनताको सुरक्षा कायम राख्न र उपयुक्त कानुनी उपायहरू लागू गर्न अधिकारीहरूले संलग्नहरूविरुद्ध कडा कारबाही गर्नेछन्,’ उनले भने ।

उनले जनतालाई घटनाको ’boutमा कुनै पनि जानकारी भएमा अगाडि आउन र अनुसन्धान अधिकारी मोहम्मद स्यामिललाई ०११–१००६ ५८१७ मा सम्पर्क गर्न आग्रह गरेका छ्न ।