दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्‍यै’ युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा।

काठमाडौं := दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्‍यै’ युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा परेको छ ।  सोमबार दिउँसोसम्म दुर्गेश थापाको यो गीत ट्रेन्डिङको ६७औं स्थानमा छ । दुई महिनाअघि सार्वजनिक यस गीतलाई युट्युबमा तीन करोड ३५ लाख बढी पटक हेरिएको छ । यो गीत पछिल्लो २८ दिनमा युट्युब चार्टमा सबैभन्दा धेरै हेरिने नेपाली गीत बनेको छ ।

यो गीत यतिखेर टिकटकदेखि रिल्समा भाइरल छ । जसका कारण यस गीतले गायक थापाको व्यस्तता मेलामहोत्सवमा निकै बढेको छ । यस गीतमा दुर्गेश थापाको शब्द र संगीत छ । साथै गीतमा दुर्गेशसहित आनन्द कार्की, समीक्षा अधिकारी, एलिना चौहानको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा दुर्गेशसहित प्रियंका कार्की, कविता नेपाली, पेमा लामा र सहदेव श्रेष्ठ फिचर्ड हुनुहुन्छ ।

अहिले यो गीत मेला महोत्सवदेखि टिकटक र रिल्समा समेत लोकप्रिय यो गीतमा दुर्गेश आफैको शब्द र संगीत छ । आनन्द कार्की, दुर्गेश, एलिना चौहान र समीक्षा अधिकारीको स्वर समावेश छ ।