एजेन्सी := अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी (आइफा) २०२५ जयपुरमा सुरु भएको छ, जहाँ धेरै बलिउड सेलिब्रेटीहरू आइपुग्नु भएको छ । यसैबीच, आईफा पत्रकार सम्मेलनको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा करीना कपूर खानले शाहिद कपूरलाई अँगालो हालेको भिडियो र तस्बीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।
यति मात्र होइन, करिनाले पनि रोकिएर शाहिदसँग कुरा गर्नुभयो र सँगै उभिएर पोज पनि दिनुभयो । यो भिडियो र तस्बीर अहिले भाइरल भइरहेको छ र फ्यानहरूले पनि यसमा धेरै टिप्पणी गरिरहेका छन्। गत वर्ष दादा साहेब फाल्के अवार्डबाट करिनाले शाहिदलाई बेवास्ता गर्दै रेड कार्पेटमा अगाडि बढेको भिडियो र तस्बीर भाइरल भएको थियो ।
करिना र शाहिदले २००४ मा फिल्म फिदाको सेटदेखि एकअर्कालाई डेट गर्न थालेका थिए । दुवैले २००७ सम्म एकअर्कालाई डेट गर्नुभयो । उहाँहरुले सार्बजनिक रुपमै आफ्नो प्रेम व्यक्त गर्नुभएको थियो। त्यसपछि फिल्म जब वी मेटको छायांकनको क्रममा दुवै अलग हुनुभएको थियो ।