चलचित्र ‘जनै हराएको बाहुन’को मुख्य अभिनेत्रीमा केकी अधिकारी र मिरुना मगर अनुबन्धित।

काठमाडौं := चलचित्र ‘जनै हराएको बाहुन’को मुख्य अभिनेत्रीमा केकी अधिकारी र मिरुना मगर अनुबन्धित हुनुभएको छ । अभिनेता विजय बराल, गौरव पहाडी र रियर राई यसअघि नै अनुबनन्धत भइसक्नुभएको छ । हिमाल न्यौपानेले यस चलचित्रलाई निर्देशन गर्दै हनुहुन्छ। उहाँको यो डेव्यु निर्देशन हो । असोसिएट निर्देशक ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत हुनुहुन्छ ।

पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेख्नुभएको छ । आदित्य फिल्मस् निर्माता रहेको चलचित्रमा नवीन गुरुङ छायांकार, क्रियटिभ निर्देशक सम्राट महर्जन (ज्याक), भिएफक्स सुपरभाइजरको रुपमा मयंक निरौला रहनुभएको छ । यो वर्षको अन्त्यसम्ममा चलचित्र छायांकनमा जानेछ भने आगामी वर्षको हरितालिका तीज अर्थात् भदौ १० गतेदेखि सिनेमाघरमा आउने मिति तय गरिएको छ ।