भारतीय क्रिकेटर मोहमद सिराज र अभिनेत्री माहिरा शर्माबीचको प्रेम सम्बन्धको चर्चा।

काठमाडौं := भारतीय क्रिकेटर र बलिवुड अभिनेत्रीहरुको प्रेमको चर्चाले बेला बेलामा सामाजिक सञ्जाल र मिडिया तताउने गर्दछ । यसैक्रममा पछिल्लाे समय क्रिकेटर मोहमद सिराज र अभिनेत्री माहिरा शर्माबीचको प्रेम सम्बन्धको चर्चा चलिरहेको छ ।

सामाजिक सञ्जालमा अभिनेत्री माहिरा शर्मा र क्रिकेटर मोहम्मद सिराज केवल साथी मात्र नभएको भन्ने हल्ला चलिरहेको छ । रिपोर्ट अनुसार दुवै जना एकअर्कालाई डेट गरिरहनुभएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार सिराजले हालै माहिराको इन्स्टाग्राम पोस्टलाई लाइक गरेपछि डेटिङको हल्ला फैलिएको थियो र दुवैले प्लेटफर्ममा एकअर्कालाई फलो गर्न पनि थाल्नुभएको थियो । तर माहिराले भने यो हल्लाबारे आफ्नो मौनता तोड्दै आफुले कसैसँग डेट नगरेको बताउनुभएको छ ।

माहिराले एक अन्तर्वार्तामा आफ्नो ध्यान काममा केन्द्रित रहेको बताउनुभएको थियो । यसअघि माहिराकी आमा सानिया शर्माले आफ्नी छोरीसँग सम्बन्धित यी समाचारहरू गलत भएको भन्दै खण्डन गर्नुभएको थियो ।

क्रिकेटर सिराज हाल भारतको राष्ट्रिय टिम बाहिर रहेको र आउदै गरेको आइपिएलको तयारीमा व्यस्त हुनुहुन्छ । यसअघि रोयल च्यालेन्जर्स बैंगलोरबाट आइपिएल खेलिरहेका सिराज यस सिजनमा गुजरात टाइटन्सबाट खेल्दै हुनुहुन्छ । सिराजलाई गुजरातले मेगा अक्सनमा १२।२५ करोडमा किनेको थियो ।