काठमाडौं := आगामी हरितालिका तीजको अवसरमा भदौ १० गतेका लागि अर्को नेपाली चलचित्र ‘जनै हराएको बाहुन’ले सिनेमाघरमा आउने मिति घोषणा गरेको छ । सो मितिमा यसअघि चलचित्र ‘माग्ने राजा’ले रिलिजका लागि मिति घोषणा गरिसकेको छ ।
विजय बरालको मुख्य भूमिका रहेको ‘जनै हराएको बाहुन’मा आमा र छोराबीचको भावनात्मक कथालाई हिमाल न्यौपानेले चलचित्रको रूपमा निर्देशन गर्नुहुनेछ । यसमा मनिष राउतले पनि अभिनय गर्दै हुनुहुन्छ ।
पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको यो चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेख्नुभएको हो । चलचित्रले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथालाई प्रस्तुत गर्नेछ ।
चलचित्रमा नवीन गुरुङ छायांकार, क्रिएटिभ निर्देशक सम्राट महर्जन (ज्याक) र भिएफएक्स सुपरभाइजरको रूपमा मयंक निरौला रहनुभएको छ । यो वर्षको अन्त्यसम्ममा चलचित्र छायांकनमा जानेछ । २०८२ सालमा दर्शकमाझ आउने चलचित्रको केही कलाकारका लागि अडिसन आह्वान गरेको छ ।