मलेसियाको जोहोरमा घुम्ती कन्सुलर सेवा सम्पन्न, ६२५ जना नेपालीले लिए सेवा।

[ घनश्याम चौधरी “आरएन” ] 

क्वालालम्पुर (मलेसिया):= नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाको आयोजनामा नेपाली श्रमिकलाई सहयोगहेतु जोहोरमा आयोजित दुईदिने कन्सुलर घुम्ती शिविर सेवा सम्पन्न भएको छ ।

जोहोर लारकिङस्थित  होटल श्री मलेसियामा यहीँ मिति सन् २०२५ मार्च १ तारिख शनिबार र मार्च २ तारिख आईतवार गरि दुईदिन आयोजित कन्सुलर घुम्ती सेवामार्फत जोहोर राज्यमा बसोबास गर्ने ६२५ जना नेपाली श्रमिकले सेवा लिएको नेपाली राजदूतावासका प्रथम सचिव तथा प्रशासन प्रमुख शाखा प्रमुख बलिराम प्रसाद धामीले बताउनुभयो ।

कन्सुलर सेवामा गैर आवासीय नेपाली संघ “एनआरएनए” क्षेत्रीय समिति जोहोर र पिएनसिसी मलेसिया लगायतले समन्वयकारी भुमिका खेलेका थिए । कन्सुलर सेवामार्फत पहिलोदिन ४०९ जना र दोस्रो दिन १८८ जना नेपालीलाई राहदानी नविकरण तथा राहदानी वितरण लगायतको सेवा दिइएको धामीले बताउनुभयो ।

नेपाली राजदूतावास पछिल्लो समय नेपाली लाई सहयोगको लागि निकै सक्रियताका साथ लागेको छ । केहि दिन पहिले पनि दूतावासले पेनाङमा यसरीनै कन्सुलर सेवा दिएका थिए । साथै दूतावासद्वारा आयोजित घुम्ती शिविर कन्सुलर सेवामा महामहिम राजदूत डा.नेत्रप्रसाद तिम्सिना स्वयंम आफैं पनि दूतावास परिवारसंगै खटिनुभएको छ ।

त्यस्तै कन्सुलर सेवा कार्यक्रमको अन्त्य अन्त्यमा राजदूत डा.तिम्सिना जोहोरमा भेट भएको अवसरमा गैर आवासीय नेपाली संघ “एनआरएनए” क्षेत्रीय समिति जोहोरले राजदूत डा.तिम्सिनाको स्वागत तथा सम्मान गरेका थिए ।

स्वागत तथा सम्मान कार्यक्रममा राजदूत डा.तिम्सिनासंगै दूतावास परिवार , एनआरएनए एनसिसी मलेसियाका युवा उपाध्यक्ष नारायण अधिकारी , सदस्य मिम बहादुर गुरुङ , एनआरएनए जोहोरका अध्यक्ष बेदना क्ष्रेष्ठ , उपाध्यक्ष बिन्दु दर्लामी मगर , सचिव छबिलाल गिरी , पिएनसिसी जोहोर जोहोर प्रतिनिधि सुरेन्द्र महतो , प्रवासी नेपाली मञ्चका चित्र थापा , रोल्पाली सेवा समाज मलेसियाका अध्यक्ष तिपेन्द्र बुढामगर लगायत सहभागी थिए ।