क्वालालम्पुर (मलेसिया):= इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान मुबारक आज आईतवारदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमानहरू एकथोपा पानी पनि नखाइ दिनभर निराहार व्रत बस्छन् ।
रोजा अर्थात मलेसियाको भाषामा पुआसा बस्न मुसलमानहरूको उर्दू क्यालेण्डरअनुसार सूर्याेदयभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नुअगावै केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब) को आजान सुनेर खोल्ने चलन छ ।
निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् ।
रोजा सुरु भएसंगै मलेसियाको विभिन्न ठाउँमा “रमाजान बजार” लाग्ने गर्दछन् । बजार पुरै एक महिनासम्म नै दिउँसो ०३:०० बजेदेखि सुरु भैइ साझ ०७:०० बजेसम्म लाग्ने गर्छन ।
बजारमा रोजा बसेका श्रद्धालुहरु ले साझको आजान पछाडि रोजा खोल्नको लागि हलाल खानेकुरा , हलाल पेयपदार्थ लगायत सामाग्री किनमेल गर्ने गर्दछ्न । मलेसियामा मुश्लिम धर्म अंगालेको मानिसहरुको बाहुल्यता रहेकोले बजार रमाजानमा असाध्यै धेरैजना मानिसहरु को भिड देख्न सकिन्छ ।
मलेसिया सरकारले यस् बर्षदेखी रमजान बजारमा खानेकुरा बेच्नको लागि विदेशी कामदार “विशेषगरि अवैधानिक” कामदारको प्रयोग नगर्न आदेश जारी गरेको छ । साथै नगरपालिका र अध्यागमनको सहयोगमा रमजान बजारको सुरक्षाको लागि प्रहरी परिचालन गरि अनुगमन समेत गरिने जनाएको छ ।




















