एनआरएनएको पंजीकृत सदस्यता नविकरण तथा नयाँ सदस्यता आवेदन खुला, सबैले सदस्यता लिन मिल्ने।

क्वालालम्पुर (मलेसिया):= गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद “एनआरएनए” एनसिसी मलेसियाले पंजीकृत सदस्यता नविकरण तथा नयाँ सदस्यता आवेदन खुला गरेको छ ।

प्ले स्टोरबाट SMART NRNA एप्स डाउनलोड गर्नुपर्ने ।

गुगल प्ले स्टोरबाट स्मार्ट एनआरएनए SMART NRNA” एप्स डाउनलोड गरि अन्य मुलुकसंगै मलेसियामा वैधानिक हैसियतमा कार्यरत जो कोहि नेपालीले पनि स्वच्छिक एनआरएनएको सदस्यता लिन मिल्ने सिस्टम खुला गरिएको एनआरएनए एनसिसी मलेसिया २०२४-२०२५ कार्यकालका वर्तमान अध्यक्ष राकेश प्रसाद महतो “आरके” ले जानकारी दिनुभयो ।

एनआरएनएको सदस्यता लिनुभएको नेपाली हरुलाई मलेसियामा कुनै समस्या वा अप्ठ्यारो परेको खण्डमा एनआरएनएको तर्फबाट सक्दो आर्थिक , भौतिक सहयोग सहकार्य गरिने अध्यक्ष महतोले बताउनुभयो ।

अध्यक्ष महतोले एनआरएनए मलेसियाको अधिवेशन मिति पनि चाडैं तय गरिने र अब तपाई हामी सबैजना मिलेर एकजुट भैइ एनसिसी मलेसियाको अधिवेशन राम्रो संग सफल बनाउनुको साथै असल नेतृत्व चयन गर्नुपर्ने आफ्नो मनसाय रहेको बताउनुभयो ।