मलेसियामा बढेको न्यूनतम पारिक्ष्रमिक आरएम १७०० कार्वानयनमा, नेपाली श्रमिकहरु खुशी।

[ घनश्याम चौधरी “आरएन” ] 

क्वालालम्पुर (मलेसिया):= मलेसियामा कार्यरत श्रमिकहरुको बढने भनिएको न्यूनतम पारिक्ष्रमिक (बेसिक सेलरी) यो महिनादेखि कार्वानयनमा आएको छ।यही फेब्रुअरी महिना २०२५ देखि लागु भएको न्यूनतम पारिश्रमिक अर्थात ८ घण्टा काम गरेको आरएम १५०० रिंगेट बाट २०० बढेर आरएम १७०० रिंगेट भएको नियम कार्वानयममा आएको हो ।

मलेसिया सरकारले बढाएको न्यूनतम पारिश्रमिक भुक्तानी कार्वानयनमा आएसंगै नेपाली श्रमिकहरु पनि लाभान्वित भएका छ्न । मलेसियामा सुरक्षागार्डमा कार्यरत नेपाली श्रमिक तथा अगुवा समाजसेवी यज्ञकुमार राई भन्नुहुन्छ, “हाम्रो कम्पनी लगभग पुर्ण रुपमा मलेसिया सरकारले बनाएको श्रम कानुन सम्बन्धि नियम पालना गर्छ, तसर्थ: यो फेब्रुअरी महिनाको पारिक्ष्रमिक भरखरै आज बुझे , जसमा म संग कम्पनीमा एकै ठाउँमा काम गर्ने सबैको न्यूनतम पारिक्ष्रमिक आरएम १७०० बढेर आएको भुक्तानी पाएका छौ ।” राईले मलाया खबरसंग टेलीफोनमा कुरा गर्दै भन्नुभयो ।

श्रमिक तथा सामाजिक अगुवा यज्ञकुमार राईले बुझेको तलब ।

राईले खुशी हुँदै भने , “हाम्रो पारिश्रमिक पहिले भन्दा आरएम २०० बढेर आएको छ । यो हामी नेपाली श्रमिकको लागि पनि एकदमै खुशीको कुरा हो , र अब यो बढेको पारिश्रमिकले यहाँ खाद्य पदार्थमा बढेको महँगो मुल्य तिर्न लाई राहत हुने बताउनुभयो।”

मलेसिया सरकारको बर्तमान प्रधानमन्त्री तथा अर्थमन्त्री समेत रहेका दातुक श्री अनवर बिन इब्राहिमले गत बर्ष सन् २०२४ को अक्टोबर महिनामा सम्पन्न बजेट भाषणको क्रममा साल २०२५ फेब्रुअरी महिनादेखि लागू हुनेगरी मलेसियामा निजीक्षेत्रमा काम गर्ने स्वदेशी तथा विदेशी सबै श्रमिकको न्यूनतम पारिक्ष्रमिक बढाउने घोषणा गरेका थिए ।

सरकारले यहाँका रहेका रोजगारदाता कम्पनी हरुलाई अनिवार्य रुपमा बढेको न्यूनतम पारिश्रमिक आ-आफ्नो कामदारलाई भुक्तानी गर्न आदेश जारी गरेको छ ।          यता मलेसियास्थित नेपाली राजदूतावासले रोजगारदाता कम्पनीले बढेको पारिक्ष्रमिक अनुसारको तलब नदिएमा राजदूतावासमा आएर उजुरी दिन सकिने बताए ।