सिन्धुपाल्चोक := शुक्रबार बिहान शक्तिशाली भूकम्पको महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दका अनुसार शुक्रबार बिहानका राति २ः५१ बजे सिन्धुपाल्चोकको भैरकुण्ठ आसपास केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार यो भूकम्पको धक्का देशभर महसुस भएको छ।रातको समय भएकाले क्षतिको विवरण भने आइसकेको छैन।




















