काठमाडौं := ऋषि लामिछानेले निर्देशन रहेने चलचित्र ‘माग्ने राजा’ले आगामी हरितालिका तीजमा सिनेमाघरमा आउने मिति तय गरेको छ । केदार घिमिरेको शीर्ष भूमिका रहने यो चलचित्रको निर्माणपक्षले प्रदर्शन मिति तय गरेको हो । ‘आशिर्वाद दिनुहोला, तीजमा प्रदर्शनमा आउँदैछ’ केदार घिमिरेले सामाजिक सञ्जालमा लेख्नुभएको छ । छायांकन सुरु नहुँदै निर्माताले तीजलाई प्रदर्शन मितिको रूपमा घोषणा गरेका हुन् ।
यो चलचित्रमा केदार घिमिरे (माग्ने बुढा), आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सनविक्रम राई र शिशिर वाङ्देलको अभिनय रहनेछ । दर्शकले माग्ने बुढा र तक्मे बुढाको जोडीलाई दशकपछि पर्दामा हेर्न पाउनेछन् । उहाँहरू पछिल्लोपटक ‘राम कहानी’ मा एकसाथ देखिनुभएको थियो । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुने यो चलचित्रमा मुनाल घिमिरेको लगानी रहनेछ ।