क्वालालम्पुर (मलेसिया):= मलेसिया क्वालालम्पुरस्थित नेपाली राजदूतावासको कार्यालयबाट प्रभाव हुने नियमित सेवा एकदिन बन्द रहने भएको छ ।
भोली मिति २०८१-११-१४ तदनुसार २६ फेब्रुअरी २०२५ का दिन हिन्दु धर्मावलम्बीको महाशिवरात्रीको उपलक्ष्यमा नेपाली राजदूतावास क्वालालम्पुरको सम्पूर्ण सेवाहरू बन्द रहने व्यहोरा नेपाली राजदूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।
दूतावासले सूचनामा लेखेका छ्न, “यस् अवधिभरीमा कुनै आकस्मिक सहयोगको लागि दूतावासको हटलाइन सम्पर्क नम्बर +६०१६२४७२७७७ मा सम्पर्क गर्नु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ । साथै यस दूतावासको नियमित सेवा २७ फेब्रुअरी २०२५ देखि पुनः सूचारू हुने समेत जानकारी गराइन्छ ।”





















