क्वालालम्पुर (मलेसिया):= नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाले आज परेको प्रजातन्त्र दिवस एक-आपसमा शुभकामना आदानप्रदान गरि मनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ राजदूतावासका कूटनीतिक कर्मचारी एवं परिवारका सदस्यहरुको उपस्थितिमा राजदूत निवासको परिसरमा आज मिति २०८१ फागुन ७ गते अर्थात फेब्रुअरी १९ तारिख बुधबारको दिन विशेष रुपमा शुभकामना आदान प्रदान गरी मनाइएको एक बिज्ञप्ति सार्वजनिक गरि जनाएको छ ।
नेपाली राष्ट्रिय गान बजाएर शुभारम्भ गरिएको उक्त कार्यक्रममा नेपालको प्रजातन्त्र स्थापनका लागि अमूल्य जीवन बलिदान गर्नुभएका ज्ञात तथा अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरी उहाँहरुको स्मरणमा एक मिनेट मौनधारण समेत गरिएको थियो। तत् पश्चात मलेसियाका लागि नेपाली राजदूत महामहिम डा. नेत्रप्रसाद तिम्सिनाले नेपालको झण्डा झण्डोतलन गर्नु भएको थियो। जारी बिज्ञप्तिमा उल्लेख छ ।
उक्त अवसरमा मलेसियाका लागि राजदूत महामहिम डा. तिम्सिनाले नेपालमा प्रजातन्त्र स्थापन भएको दिन वि.स. २००७ साल फागुन ७ गतेको ऐतिहासिक महत्व उजागर गर्नु भएको थियो। प्रजातन्त्र दिवस २०८१ को उपलक्ष्यमा राजदूतावास परिसर भित्र दिपावली समेत गरिएको थियो।





















