राजदूतावासद्वारा पेनाङमा बस्ने नेपालीलाई सहयोगहेतु घुम्ती सिविर संचालन हुँदै।

क्वालालम्पुर (मलेसिया):= नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाको आयोजनामा पेनाङ राज्यमा कार्यरत नेपाली श्रमिकलाई सहयोगहेतु घुम्ती सिविर संचालन हुने भएको छ ।

पुलाउ पेनाङमा अवस्थित (Sunshine Square, Level 4 Banquet Hall Lot 27 Jalan Mayang Pasir Bandar Bayan Baru 11950 Bayan Lepas Pulau Pinang) भन्ने ठाउँमा यहीँ मिति २०२५ फेब्रुअरी २२ तारिख शनिबार र फेब्रुअरी २३ तारिख आईतवार गरि दुईदिन घुम्ती सिविर सेवा संचालन हुन लागेको नेपाली राजदूतावासले जनाएका छ्न ।

घुम्ती सिविर सेवा संचालनमार्फत सेवा लिनको लागि राहदानी नविकरणको सेवा लिन चाहने सेवाग्राहीहरूले https://emrtds.nepalpassport.gov.np/  लिङ्कबाट राहदानीको आवेदन फाराम भरी यसै सूचनासँगै राखिएको गुगल लिङ्क
https://forms.gle/wHu517MtRStvFHoQ8
मा आफ्नो सहभागिता वा राहदानी संकलन गर्न चाहने सेवाग्राहीले आफ्नो पुरानो राहदानी नम्बरको विवरण भरिदिनुहुन दूतावासले एक सूचना सार्वजनिक गरि जनाएका छ्न ।

यस् घुम्ती सिविरबाट पेनाङमा कार्यरत नेपाली हरुले लाभ लिन सक्नुहुनेछ । सिविरबारे थप आवश्यक जानकारीको लागि सम्पर्क व्यक्ति डोर बहादुर थापा मोवाइल +०१६६०१३०६५ मा सम्पर्क गर्न सकिनेछ् ।