मलेसियामा रहेका सबै सेक्युरिटी कम्पनीहरु ले गार्डको न्युनतम तलब १७०० दिनुपर्ने: पिआईकेयम (PIKM)

क्वालालम्पुर (मलेसिया):= सेक्युरिटी कम्पनी हरुको माउ कम्पनी मलेसियाली सुरक्षा उद्योग संघ पिआईकेयम (PIKM) ले फेब्रुअरी १ बाट लागू भएको भनिएको सुरक्षागार्डको न्यूनतम तलब आदेश आरएम १७०० रिंगेट (RM1,700) १,१२६ सदस्य सेक्युरिटी कम्पनीहरूले अनिवार्य पालना गरि सोही अनुरुप पारिक्ष्रमिक भुक्तानी गर्नुपर्ने बताएका छ्न ।

पिआईकेयमका अध्यक्ष दातुक मोहम्मद उबैदिल्लाह  बिन एनाम@इमान का अनुसार, गृह मन्त्रालय (KDN) द्वारा अनुमोदित सुरक्षा सेवा कम्पनीहरूको प्रमुख नियामक निकायका रूपमा पिआईकेयमले उक्त सरकारी आदेशको उचित कार्यान्वयन सुनिश्चित गर्न प्रयास समेत गर्ने बताए ।

मलेसियाली प्रधानमन्त्री दातोक श्री अनवर बिन इब्राहिमद्वारा घोषणा गरिएअनुसार, यो नयाँ न्यूनतम तलब दर डिसेम्बर ४, २०२४ मा आधिकारिक रूपमा लागु गरिनेगरि राजपत्रमा प्रकाशित भइसकेको छ।

पिआईकेयमका अध्यक्ष मोहम्मद उबैदिल्लाहका अनुसार, कम्तीमा पाँच जना भन्दा कम कर्मचारी भएका कम्पनीहरुका लागि यो निर्णय कार्यान्वयन गर्न ६ महिनाको समयावधि दिइएको छ । जसले गर्दा उनीहरूलाई आगामी अगस्ट १ देखि मात्र पालना गर्नुपर्नेछ।

तर, अन्य सबै उद्योगहरू, सेक्युरिटी कम्पनीहरुले फेब्रुअरी १ देखि नयाँ न्यूनतम तलब आदेश अनिवार्य पालना गर्नुपर्ने बताए । “यस संशोधित न्यूनतम तलब दर निजी क्षेत्रमा कार्यरत सबै स्थानीय तथा विदेशी कामदारहरूका लागि लागू हुनेछ,” उनले भने।