काठमाडौं := नेपाल क्रिकेट संघ (क्यान)ले पुरूष राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको छ । क्यानले शनिबार सूचना निकाल्दै आवेदन खुलाएको हो । क्यानले इसिबी वा क्रिकेट अष्ट्रेलियाको लेभल तीन वा सो सरहको मान्यता भएको योग्यतासहित पाँच वर्षको प्रशिक्षण अनुभव भएको व्यक्ति माग गरेको छ ।
साथै एसोसियट राष्ट्रको खेल गतिविधिबारे जानकार भएको व्यक्ति हुनुपर्ने उल्लेख छ । फेब्रुअरी २८ सम्म आवेदन दिने अन्तिम मिति तोकिएको छ । भारतीय प्रशिक्षक मोन्टी देशाईसँगको दुईवर्षे सम्झौता गत महिना सकिएपछि उहाँसँगको सम्झौता नवीकरण भएको थिएन ।




















