क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् “एनआरएनए” एनसिसी मलेसियाको आयोजनामा हुने भनिएको स्वागत तथा सम्मान कार्यक्रम स्थगित भएको छ ।
एनआरएनए मलेसियाले यहीँ मिति सन् २०२५ फेब्रुअरी १६ तारिख आईतवारको दिन होटेल ग्रेण्ड कण्टिनेन्टलमा साझ ०४:०० बजेदेखि मलेसियाका लागि नव नियुक्त राजदूत डा.नेत्रप्रसाद तिम्सिनाको स्वागत तथा सम्मान गर्ने कार्यक्रम आयोजना गर्ने तयारीमा लागेका थिए , तर कारणबँस सो कार्यक्रम स्थगित गर्नुपरेको एनआरएनए मलेसियाले एक सार्वजनिक पत्रमार्फत जानकारी गराएको छ ।

एनआरएनएद्वारा सार्वजनिक पत्रमा लेखिए अनुसार “स्वागत तथा सम्मान कार्यक्रम नेपाली राजदूतावास मलेसियासंगको छलफल पश्चात् नै आयोजना गर्ने निर्णय गरेका थियौं । तर , अन्तिम अवस्थामा आएर महामहिम राजदूत डा.नेत्रप्रसाद तिम्सिना ज्यू ले कार्यक्रम हुने मितिमै दूतावासको अति आवश्यक काम विशेष ले मलेसिया बाहिर जानुपर्ने भएकोले कार्यक्रममा उपस्थित हुन नसकिने भनि राजदूतावासबाट नै एनआरएनए मलेसियाको नाममा पत्राचार सहित जानकारी आएको हुँदा , हाल लाई स्वागत तथा सम्मान कार्यक्रम स्थगित गरिएको ब्यवहोरा सम्पुर्ण नेपालीजनमा सार्वजनिक जानकारी गराउँदै , हामी यहाँहरू समक्ष क्षमायाचना चाहन्छौं। हामीले तपाई सम्पुर्णमाझ निम्त्याएको कुनै पनि असुविधाका लागि गहिरो दुःख व्यक्त गर्दछौ। तपाईहरूको समझदारी र सहकार्यको लागि हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौ । साथै एनआरएनए मलेसिया सदैव नेपाली श्रमिकको उद्दार र सहयोगकै काममा खटिएको समेत अवगत गराउन चाहन्छौ।” भनेर उल्लेख गरिएको छ ।





















