मलेसियामा सोनाम ल्होछार भब्य सम्पन्न, तामाङ समुदायको संस्कृति संरक्षण, प्रवर्द्धन गर्नमा जोड।

क्वालालम्पुर (मलेसिया):= प्रवास मलेसियामा कार्यरत तामाङ समुदायका युवा , युवतीहरुले मिलेर स्थापना गरेको सामाजिक संस्था नेपाल तामाङ घेेदुुङ मलेसियाको आयोजनामा आयोजित मञ्जुश्री संवत् २८६१ डुक ल्हो(सर्प वर्ग) सोनाम ल्होछार कार्यक्रम धुमधामले सम्पन्न भएको छ ।

बुधबार मलेसियाको राजधानी क्वालालम्पुरमा अवस्थित होटल ग्रेण्ड कन्टिनेन्टलमा “बिश्वभरी छरिएर रहेका तामाङ हरु एक हौं, आफ्नो भाषा धर्म कला सस्कृतिको जगेर्ना गरौं” भन्ने मुल नाराका साथ नेपाल तामाङ घेदुङ मलेसियाको अध्यक्ष विक्रम वाईबा तामाङको सभापतित्व , नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाको महामहिम राजदूत डा.नेत्रप्रसाद तिम्सिनाको प्रमुख अतिथ्यता तथा नेपाल तामाङ घेदुङ संघीय परिषद् सदस्य मिलन दोङ तामाङ , नेपाल आदिवासी जनजाती महासंघ मलेसियाका उपाध्यक्ष पदमराज लिम्बु लगायत विभिन्न संघसंस्थाको अतिथ्यतामा सम्पन्न भएको हो ।

ल्होछार कार्यक्रमलाई मनोरंजनात्मक बनाउनको लागि नेपाल बाट आमन्त्रित गायिका/तथा नायिका सुनिता लुङ्बा, सेलो गायक प्रकाश तितुङ, गायक सुवास मोक्तानको साथै मलेसियामै रहनु भएका स्थानीय कलाकार हरुले सांगीतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि राजदूत डा. तिमल्सिनाले शुभकामना दिँदै पहिचानको सम्वर्द्धनमा तामाङहरुको एकताको उच्चतम कदर गरेका थिए । उनले नेपाली नागरिकसँग सम्पर्क, सम्बन्ध बढाएर सबैको हकहितको लागि काम गर्ने बताए । डा.तिम्सिनाले मलेसियामा रहेका नेपाली श्रमिकलाई राज्यसँग जोडिएको आभास दिलाउने काम गर्ने प्रतिबद्धता जनाए । सबैले आफूले सिकेका सीपलाई नेपालमा लैजाँदै उत्पादनसँग जोड्न उनले आग्रह गरे ।

सोनाम ल्होछार तामाङ समुदायको नयाँ वर्षको उत्सव पनि हो, जसलाई विशेष रूपमा तामाङ समुदायसंग जोडिएको परम्परागत रीतिरिवाज र धार्मिक आस्थाको रुपमा मनाइन्छ। कार्यक्रममा उपस्थित अतिथि वक्ताहरूले तामाङ संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनको महत्त्वमाथि जोड दिएका थिए ।

नेपाल तामाङ घेदुङका समितिका पदाधिकारी र स्वयंसेवकहरूको सक्रियतामा आयोजना गरिएको यस कार्यक्रमले सहभागीहरूबीच उत्साह र आपसी समझदारी बढाएको आभाज्स गरिएको छ। नेपालबाट आमन्त्रित मोडल तथा उदघोषिका स्मारिका तामाङले संचालन गरेकी यस् कार्यक्रमको सफल आयोजनले तामाङ समुदायलाई आफ्नो मौलिकता र पहिचानप्रति गर्व गर्न प्रेरित गरेको छ ।