काठमाडौं:= ‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ को चौथो संस्करण हुनेभएको छ । काठमाडौंमा एक कार्यक्रमबीच चौथो संस्करणको घोषणासहित अडिशनबारे जानकारी दिइएको हो ।
सनुर्वी इन्टरनेसनलले आयोजक रहेको प्रतियोगिताको अडिशन फेब्रुवरी १५ अर्थात् फागुन ३ गते सुरु हुने जनाइएको छ । मार्च २ सम्म चल्ने अडिशन काठमाडौं उपत्यकासहित विराटनगर, पोखरा, इटहरी, चितवन, नेपालगञ्ज र धनगढीमा हुनेछ ।
काठमाडौंमा हुने अडिशनमा भने मिस ग्लोबकी विजेता डायना आउनुहुने बताइएको छ । उहाँले फ्रेबुअरी ११ देखि १६ सम्म हुने अडिशनमा जजका रूपमा सहभागिता जनाउनुहुनेछ ।
सनुर्वी इन्टरनेसनलका सञ्चालक तथा मिस्टर एण्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्यायले चौथो संस्करणसम्म आइपुग्दा खुशी लागेको बताउनुभयो ।