जापानले पेष्ट्री वर्ल्ड कपको उपाधी जित्यो।

एजेन्सी:= जापानले पेष्ट्री वर्ल्ड कप जितेको छ । हरेक दुई-दुई वर्षमा हुने यो प्रतिस्पर्धामा फ्रान्सलाई हराउँदै जापानले उपाधि चुमेको हो । प्रतिस्पर्धामा इजिप्ट, मरिसस, चीन, मेक्सिको, बेलायत, दक्षिण कोरियालगायत देशहरू पनि सहभागी भएका थिए ।

हरेक समूहमा तीनजना सदस्यहरू थिएः चकलेट, आइस र चिनी विज्ञ । यिनीहरूलाई आफ्नो देशको प्रतिनिधित्व गर्न सक्ने डेजर्ट बनाउने काम दिइएको थियो । यो कामका लागि हरेक टिमसँग पाँच घण्टाको मात्रै समय थियो ।

मलेसियाले कांस्य पदक जित्दा पेष्ट्री वल्र्ड कप आयोजक फ्रान्स तेस्रो स्थानमा समेटिएको छ । चीन चौथो र बेल्जियम पाँचौं स्थानमा आएको थियो । इटली छैटौँ स्थानमा रहँदा दक्षिण कोरिया सातौँ र सिंगापुर आठौँ स्थानमा रहृयो । त्यसैगरी बेलायत नवौँ र अर्जेन्टिना १०औँ स्थानमा रहेको थियो ।