यहीँ जनवरी २९ तारिख होटेल ग्रेण्ड कन्टिनेण्टलमा सोनाम ल्होछार आयोजना हुँदै।

क्वालालम्पुर (मलेसिया):= नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाले यस् बर्ष पनि नजिकिदै गरेको मञ्जुश्री संवत् २८६१ डुक ल्हो(सर्प वर्ग) सोनाम ल्होछार कार्यक्रम धुमधामले मनाउने तयारी गरिरहेको छ ।

यहीँ मिति सन् २०२५ जनवरी २९ तारिख बुधबारको दिन परेको चाईनिज न्यु ईयरको विदाको अवसर पारेर होटेल ग्रेण्ड कन्टिनेण्टलमा दिउँसो १२:०० बजेदेखि  सोनाल ल्होछार मनाउने तयारी गरिएको आयोजक संस्था नेपाल तामाङ घेदुङ मलेसियाका अध्यक्ष बिक्रम वाईबा तामाङले बताए ।

तयारीकै क्रममा घेदुङ मलेसियाका अध्यक्ष बिक्रम वाईबा तामाङ , सल्लाहकार राजु योन्जन तामाङ लगायतले नेपाली राजदूतावासमा उपस्थित भैइ मलेसियाका लागि महामहिम राजदूत डा.नेत्रप्रसाद तिम्सिना लाई प्रमुख अतिथिको लागि निमन्त्रणा समेत दिइसकिएको आयोजक संस्था घेदुङका अध्यक्ष बिक्रम वाईबा तामाङले बताए ।

ल्होछार कार्यक्रममा नेपाल बाट आमन्त्रित राष्ट्रिय तामाङ समुदायका कलाकार सेलो गायक प्रकाश तामाङ , गायिका – नायिका सुनिता लुङ्बा तामाङ , सेलो गायक सुबास तामाङ लगायत स्थानीय कलाकार हरुले सांगीतिक -सांस्कृतिक प्रस्तुति दिने तय भएको अध्यक्ष तामाङले बताए ।

कार्यक्रममा उपस्थितिको लागि आयोजकलाई सम्पर्क गरि अग्रिम नाम टिपाएर सिट सुरक्षित गर्न सकिने घेदुङले जनाएको छ । अग्रिम नाम टिपाएकाले मात्रै प्रवेश पाउने अध्यक्ष तामाङले बताउदै त्यसको लागि  +६०११२८५८७११२ नम्बरमा फोन गर्न सकिने बताए ।