क्वालालम्पुर (मलेसिया):= मलेसियन अध्यागमन विभाग “इमिग्रेशन” ले मलेसियन अध्यागमन कानुन उलंघन गरेर फरार भएको आरोपमा दुईजना नेपाली कामदारको खोजिनिती गरिरहेको छ ।
अध्यागमन विभागले एक सूचना पोस्टर सार्वजनिक गर्दै पासपोर्ट नम्बर ४४५५३८७ भएको दलबहादुर सिन्जाली मगर र पासपोर्ट नम्बर PA०८३२२५१ भएको रविना राईको खोजी गरिरहेको जनाएको छ ।
पछिल्लो अन्तिम पटक मलेसियाको ठेगाना (Rumah Beralamat Di C-1-14, Rumah Pangsa Bachang Jaya, Jalan Tun Fatimah, Taman Bachang Jaya, 75350 Melaka) मा देखिएका तिनीहरु अहिले बेपत्ता रहेको अध्यागमनले जनाएको छ ।

तिनीहरु माथी मलेसियन अध्यागमन विभाग एक्ट १९५९/६३ को बमोजिम अनुसंधान भैइरहेको बताएका छ्न । तिनीहरु लाई कसैले भेटाएमा मेलाका राज्यमा अवस्थित अध्यागमन कार्यालय को सम्पर्क नम्बर ०६२३२२६६२ / १६९७ / अथवा ०६२३२२५६२ मा सम्पर्क गर्न सकिने जनाएको छ ।




















