क्वालालम्पुर:= थारु कल्याणकारिणी सभा “थाकस” मलेसियाले आईतवार मलेसियाको राजधानी क्वालालम्पुरमा एक कार्यक्रम गरि ९औं वार्षिक उत्सव तथा माघी संक्रान्ती विशेष शुभकामना आदानप्रदान कार्यक्रम – २०२५ सम्पन्न गरेको छ ।
नेपाल सरकारका बहालवाला युवा तथा खेलकुदमत्री माननीय श्री तेजुलाल चौधरी को प्रमुख आतिथ्यता तथा मलेसियाका लागि नव नियुक्त महामहिम राजदूत डा.नेत्रप्रसाद तिम्सिना र जनजाती महासंघ मलेसियाका अध्यक्ष बिपिन राई को विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

थाकस मलेसिया सभापति ज्ञानचन्द चौधरी नव नियुक्त महामहिम राजदूत डा.नेत्रप्रसाद तिम्सिना र आदिवासी जनजाती महासंघ मलेसियाका अध्यक्ष बिपिन राईले संयुक्त रुपमा दिप प्रज्वल्वलन गरि राष्ट्रियज्ञान बजाएर कार्यक्रमको औपचारिक सुरुवात गरेका थिए ।
थाकस मलेसियाको संस्थापक/संरक्षक सञ्चारकर्मी घनश्याम चौधरी “आरएन” को संयोजकत्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि माननीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई उनको कार्यको प्रशंसा गर्दै थाकस मलेसियाको तर्फबाट सम्मानपत्र प्रदान गरि खादा ओढाइ सम्मान गरेका थिए ।

साथै सोही कार्यक्रममा थाकस मलेसिया परिवारले र उपस्थित अग्रज हरुले मलेसियाका लागि नवनियुक्त राजदूत डा.नेत्रप्रसाद तिम्सिनालाई फुलको गुच्छा दिइएर खादा ओढाइ स्वागत गरेका थिए।नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष विपिन राई, प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमाल , जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनी, पिएनसिसि संयोजक पूर्ण लिम्बू, कि.या.चु. अध्यक्ष दील कुमार केरुङ, नेपाल तामाङ घेदुङ अध्यक्ष बिक्रम तामाङ, तमु समाज अध्यक्ष समीर तमु, किरात राई यायोख्खा अध्यक्ष डम्बर राई, नेपाल मगर संघ, पत्रकार प्रतिनिधीले माघी संक्रान्तीको शुभकामना दिएका थिए ।









शुभकामना दिने क्रममा केही बक्ताहरुले बिना प्रसंग नेपाली राजदूतवासको सेवा प्रवाह लगायत पूर्व राजदूतहरुको कार्यक्षमता र कर्मचारीहरु प्रति कटाक्ष गरेपछि कार्यक्रमका विशेष अतिथि एवं नव नियुक्त राजदूत डा. नेत्र प्रसाद तिमिल्सिनाले आफू मलेसिया नआउदै आफ्नो नाम मुछेर अनलाईनहरुमा समाचार प्रकाशित हुदा अचम्मित भएको र कतै पत्रकारहरुको कलुशित भावनाबाट त्यस किसिमको समाचारहरु संम्प्रेशित भएको हो कि भन्ने शंसय रहेको बताउनुभयो ।
दूतवासले गर्ने सेवा प्रवाहको सन्दर्भमा सिमित मानव संसाधनबाट असिमित सेवा प्रवाह गर्नु पर्ने बाध्यता रहेकोले अत्याधिक दवावमा कार्यसम्पन्न गर्नु परिरहेको अवस्थामा दूतवास रहेको उल्लेख गर्दै नव नियुक्त राजदूत एवं कार्यक्रमका विशेष अतिथि डा. नेत्र प्रसाद तिमिल्सिनाले भन्नू भयो -सेवा प्रवाहको सवालमा दूतवास कोहि कसैसंग सम्झौता नगरी सदैव निस्वार्थ रुपमा कार्य सम्पादन गर्न प्रतिवद्ध हुनेछ । त्यसको लागि संघ-संस्था लगायत सामाजिक कार्य गर्ने ब्यत्तित्वहरुसंग सहकार्य गर्न तत्पर रहने छु , भन्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल बहु जाति, बहु भाषी, बहु संस्कृतिका देश भएकोमा कुनै शंका नरहेको स्मरण गराउदै अनेक समस्याका बाबजुद पनि विदेशमा आफ्नो कला, संस्कार, संस्कृतिको जगेर्ना र सम्बर्द्धनमा लागि परेको कार्यक्रम आयोजक संस्था थाकसलाई धन्यवाद दिनु भयो ।
त्यसैगरि मलेसियामा भईरहेको अण्डर नाईन्टिन महिला क्रिकेट प्रतियोगिता अन्तरगत नेपाल र बंगलादेश विचको खेल प्रत्यक्षदर्शी भएको प्रशंग कोट्याउदै माननीय मन्त्री ज्यूले भन्नू भयो, -थारु कल्याणकारी सभाको निमन्त्रणामा मलेसिया आएको भएपनि संयोगवस क्रिकेट खेल मैदानमै पुगेर नेपाली खेलाडीहरुलाई विभागिय मन्त्रीको हैसियतले उत्साह, उमंग, हौसला दिन पाउँँदा गौरव लागेको प्रतिक्रिया दिनुभयो ।
आरपी चौधरीले संचालन गरेको उक्त कार्यक्रममा सहयोगी संघ-संस्थाका प्रतिनिधिहरु लगायत समाजसेवी, बुद्धिजीवी, पत्रकारहरु र थाकस पदाधिकारीसंगै सबै थारु नेपाली कलाकार हरुलाई थारु कल्याणकारी सभाले कदरपत्र , सम्मानपत्र सहित सम्मान गरेको थियो ।



















