काठमाडौं := स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँग जिल्ला अदालत काठमाडौंमा बयान शुरू भएको छ ।
लामिछानेकाे बयान न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सुरु भएको हाे। सरकारी वकिल कार्यालय काठमाडौंले रविसहित ३९ जनालाई प्रतिवादी बनाएर अदालतमा अभियोजन गरेपछि आइतबारदेखि बयान शुरू भएको हो ।
स्वर्णलक्ष्मीबाट गोर्खा मिडिया नेटवर्कमा कानुन विपरीत ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ गएको प्रहरी अनुसन्धानले देखाएको छ । सरकारी वकिल कार्यालयले रविलाई सो रकम बिगो मागदाबी गरेर मुद्दा दायर गरेको थियाे ।