आरटीके (RTK 3.0) कार्यक्रम खुलेको छैन, निकट भविष्यमा पनि खुल्दैन: मलेसियन अध्यागमन विभाग।

क्वालालम्पुर := मलेसियन अध्यागमन विभाग “इमिग्रेशन”ले आरटीके (RTK 3.0) कार्यक्रम नखुलेको स्पष्ट पारेका छ्न ।

अध्यागमन विभागले एक बिज्ञप्ति जारी गर्दै पछिल्लो केहि महिनायता सामाजिक संजालहरुमा आरटीके ३.o खुल्नेबारे केहि अराजक ब्यक्ति हरुले गलत अफवाह फैलाईरहेको प्रति ध्यानाकर्षण समेत भएको जनाएका छ्न ।

मलेसियन अध्यागमन विभागका प्रमुख निर्देशक दातोक श्री जाकारिया बिन साबानले विभागले सामाजिक संजालमा भाइरल भैइरहेको आरटीके ३.o खुल्ने बारे खबर झुठो भएको प्रष्ट पार्दै त्यस्तो अफवाह अथवा कुनै अनि एजेन्टको पछि नलाग्न अनुरोध गरेका छ्न ।

निर्देशक साबानले स्मरण गराउदै भने RTK 2.O सन् २०२३ जुन महिनाको २७ तारिखदेखि सुरु भएर सन् २०२४ को जुन ३० तारिखसम्म चलेका थिए । र सो अवधी अहिले पुर्णरुपमा समाप्त भैइसकेको छ । अहिले अथवा भविष्य मा पनि आरटीके ३.o कार्यक्रम खुल्नेबारे निर्णय अध्यागमनले गरेको छैन , तसर्थ मलेसियामा कार्यरत कोहि कसैलाई पनि भ्रममा नपर्नुहुन र ठगीबाट बच्न निर्देशक साबानले अनुरोध गरेका छ्न ।

साथै अध्यागमन सम्बन्धि आवश्यक केहि थप जानकारीको लागि मलेसियन अध्यागमन विभागको वेबसाईट अथवा नम्बरमा सम्पर्क गरेर जानकारी लिन सकिने विभागले जनाएका छ्न ।