अहिले देशमा पृथ्वी विचारको सान्दर्भिकता बढेको छ्: पूर्वराजा ज्ञानेन्द्र शाह।

काठमाडौं := नेपालको पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा भिडिओ सन्देश जारी गर्दै पृथ्वी विचारको सान्दर्भिकता बढेको बताउनुभएको छ । ‘अहिले देशका दाजुभाइ दिदी बहिनीहरू बराइबाट सिर्जित वादविवादको चक्रव्यूहमा फसिरहेका हुन्, हामी सबैले आत्मसमीक्षा गर्नुपर्ने बेलामा आएको छ ।

विश्व राजनीतिमा शान्ति सन्तुलनको अवस्था फेरबदल हुनु स्वाभाविक हो । तर, जस्तोसुकै उतारचढावको बेलामा पनि देशलाई एकताबद्ध राख्नुपर्छ,’ उहाँले भन्नुभएको छ । देशलाई प्रविधिको पथमा अगाडि बढाएर सबै देशवासीलाई सुखी र सन्तुष्ट पार्नु राष्ट्रिय धर्म भएको उहाँको भनाइ छ ।

‘वीरता, स्वाधीनता र गौरवमय मौलिक मान्यता बहन गरेको हाम्रो देश आजको विश्व व्यवस्थामा कुन कुनाभित्र छ । सोचनीय विषय छ । प्रजातन्त्र भनेको आम मानिसको जीवन पद्धति हो । स्वतन्त्रता केवल निर्वाचनको चक्रले प्रजातन्त्रको मर्म र मौलिकता दर्शाउँदैन ।

आम नागरिकको सुरक्षा, न्याय, गाँस, बास, कपास शिक्षा र रोजगारीको सुनिश्चितता सहितको स्वतन्त्रलाई मात्रै हामी पूर्ण स्वतन्त्रता मान्न सक्दछौँ,’ उहाँले भन्नुभएको छ। उहाँले पूर्ण प्रजातन्त्र अहिले पनि पूरा हुन नसकेको बताउनुभएको छ । पूर्वराजा शाहले सामथ्र्य र जनशक्ति निरन्तर बाहिरिँदै गएको चिन्ता व्यक्त गर्दै भन्नुभएको छ, ‘हामी सुनको कमण्डलु थापेर अरूसँग भिख माग्दै आफ्नो स्रोत र सीपको दुरुपयोग गरिरहेका छौँ ।’