कुवेत := वैदेशिक रोजगारीका लागि कुवेत पुगेका दुई नेपाली महिला श्रमिकको मृत्यु भएको छ । चिसोबाट बच्न कोइला बालेर सुतेका उनीहरूको सुतेकै अवस्थामा स्वास फेर्न गार्हो भएर मृत्यु भएको हो ।
अत्यधिक चिसोका कारण कोइला बालेर सुत्दा मृत्यु हुनेहरूमा पीपलमाढी–३ सिन्धुलीकी २१ वर्षीया अदिमाया तामाङ र हिलिहाङ–२ पाँचथरकी ५६ वर्षीया कमलादेवी लिम्बु रहेको कुवेतमा रहेका सामाजिक अभियन्ता घनश्याम थापामगरले जानकारी दिनुभयो ।
उनीहरूको मृत्युको बारेमा कुवेतस्थित नेपाली दूतावासलाई जानकारी गराइसकेको अभियान्ता थापामगरले बताए। दूतावासले पनि रोजगारदाता कम्पनीसँग समन्वय गरेर मृतकको शव नेपाल पठाउने कानुनी प्रक्रिया थालिसकेको जनाएको छ ।
पछिल्लो समय गैरकानुनी बाटो हुँदै कुवेत पुगेका सयौं नेपाली महिला घरेलु कामदारले आफूलाई घरमालिकले बन्धक बनाएको र यातना दिएको भन्दै दैनिकजसो उद्धारको अनुरोध गर्दै आएका छन् ।




















