मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डा.नेत्रप्रसाद तिम्सिनालाई भब्य स्वागत, सम्मान।

क्वालालम्पुर := मलेसियाका लागि नवनियुक्त नेपाली महामहिम राजदूत डा.नेत्रप्रसाद तिम्सिनालाई मलेसियाको केयलआईए अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा भब्य स्वागत गरिएको छ ।

सोमबार मलेसिया आईपुग्नु भएका नव नियुक्त राजदूत डा.तिम्सिनालाई मलेसियास्थित नेपाली राजदूतावासका कर्मचारी , गैर आवासीय नेपाली संघ “एनआरएनए” मलेसियाका पदाधिकारी हरु , प्रवासी नेपाली मञ्च मलेसियासंम्बध पदाधिकारी हरु , व्यापारी-ब्यावसायी संगै यहाँ कार्यरत सञ्चारकर्मीहरु अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै पुगेर खादा , माला र फुलका गुच्छा लगाईदिएर भब्य स्वागत गरेका हुन ।

यस् अघिका राजदूत डिल्लीराज पौडेल केहि महिना पहिले नेपाल फिर्ता भएसंगै मलेसियास्थित नेपाली राजदूतावास अभिभावकविहिन बनेका थिए । केहि दिनपहिले मात्रै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त राजदूत डा.तिम्सिनाले पद तथा गोपनीयताको शपथ लिनूभएको थियो ।

अब आउने दिनमा दूतावासबाट प्रभाव हुने सेवामा सुधारसंगै मलेसियामा कार्यरत करिबकरिब ४ लाख भन्दा बढी नेपाली श्रमिक हरुको हकहित र उद्दारको निम्ति नवनियुक्त राजदूत डा.तिम्सिनाले के – कस्ता कार्यहरु गर्नुहुनेछ्, त्यो भने हेर्न बाँकी नै छ ।

 

नवनियुक्त राजदूत डा. नेत्रप्रसाद तिम्सिना ज्यू को स्वागत गर्दै गर्दाको दृश्य ।