[ घनश्याम चौधरी “आरएन” ]
क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया आइ अलपत्र परेका एक नेपाली श्रमिक नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाको सहयोग, समन्वयमा उद्दार भैइ स्वदेश फर्किएको छ् ।
कर्णाली प्रदेश दैलेख जिल्ला नारायण नगरपालिका वडा नं १० स्थायी ठेगाना भएका अकल बहादुर सिंहको उद्दार गरि स्वदेश फर्काइएको दूतावासका जनसम्पर्क अधिकृत जयप्रकाश गिरीले जानकारी दिए ।
पीडित सिंह विगत लमो समय अगाडी देखी वैदेशिक रोजगारका लागी मलेसिया काम गर्दागर्दै निजको मानसिक तथा शारिरीक अशक्तता सहित लेखपढ सम्म गर्न नसक्ने समस्याले अलपत्रपरि कठिन अवस्थामा अवैधानिक हैसियतमा रहेका थिए ।

नेपालबाट सिंहको परिवारले स्थानीय तहको समन्वयमा सहयोगको लागि दूतावासलाई एक पत्र लेखेका थिए । यता दूतावासमा पत्रसहित जानकारी आएलगत्तै दूतावासले कामकारवाही अगाडि बढाउदै स्वदेश फर्किन आवश्यक पर्ने हवाई टिकट , अध्यागमनको जरिवाना रकम लगायत सम्पुर्ण खर्च दूतावासले नै भुक्तानी गरिदिएर स्वदेश फर्काएका हुन ।