क्वालालम्पुर := मलेसियाको तेङ्गकु अम्पुआन रहिमा अस्पताल केलाङ ( Tengku Ampuan Rahima Hospital, Kelang ) मा पहिचान नखुलेको अवस्थामा उपचाररत सुरेन्द्र माझीलाई ४७८ दिनको अस्पताल बसाई पछि उद्दारगरि स्वदेश फर्काईएको छ ।
केही महिना अगाडि मात्रै पहिचान किटान भएको उनलाई नेपाल एयरलाईन्सको उडानबाट २२ डिसेम्बरका दिन फिट टु फ्लाई कन्डिसनमा स्वदेश फर्काईएको हो ।
अस्पतालले उपलब्ध गराएको रेकर्ड अनुसार सुरेन्द्र माझी एक अज्ञात मोटर सवारी दुर्घटनामा परि ईन्ट्राक्रियल रक्तस्राव सहित अति दर्दनाक अनि गम्भीर मस्तिष्क चोट संग १९ अगष्ट २०२३ का दिन भर्ना भएका हुन ।
अस्पताल भर्ना हुदा पूर्णतय अचेत रहेका उनको उपचार क्रममा सुधार हुँदै गएपनि मस्तिष्कमा गम्भीर चोटका कारण सतप्रतिशत सुधार नहुदा साथै उनको साथमा वास्तविक परिचय खुल्नेगरिको कुनै कागजपत्र नहुदा अस्पताल बसेको ४५५ दिनसम्म उनको पहिचान खुल्न नसकेको हो । यद्यपि अस्पताल प्रसाशनले नेपाली हो भन्ने लख काटेपनि सम्बन्धित निकायबाट आधिकारीक किटान नहुदा उनको पहिचान खुल्नमा ढिलाई भएको थियो ।
अस्पताल प्रसाशनको प्रयत्नबाट यकिन पहिचान गर्नमा कठिनाई भएपछि उपचारमा संलग्न डा.प्रमिलाले आप्रवासी कामदारहरुको हक अधिकारको क्षेत्रमा काम गर्ने संस्था Our Journey Malaysia का निर्देशक मैडम सुमिथालाई गुहारीन । Our Journey ले नेपाली आप्रवासी कामदारहरुको हकमा पिएनसिसि संग सहकार्य गर्ने गरेको हुदा उक्त समस्या मैडम सुमिथा मार्फत संयोजक पूर्ण लिम्बू सम्म आईपुगेको थियो ।
तत्पश्चात पूर्ण लिम्बूको पहलकदमीले नेपाली राजदूतवास र पिएनसिसि नेपालको समन्वयमा पहिचान हुन नसकेको सो बिरामी नेपाली नागरिक, महोत्तरी जिल्ला, भटौलिया वडा नं ६ निवासी सुरेन्द्र माझी रहेको किटानी भएको हो । सुरेन्द्रको उद्दारमा डा.प्रमिलाको स्रहनिय भूमिका रहेको छ ।
उपचारमा लागेको करिव आरएम एकलाख तीसहजार भन्दा ज्याद खर्च उहाकै पहलमा अस्पताल प्रसाशनले छुट गरेको हो । त्यसका साथै दूतवास, अध्यागमन र हवाई उडानको अनुकुता हुनेगरि उहाले नै एम्बुलेन्स सेवा सहित उद्दारमा सहजिकरण गरि दिएकी थिईन ।
त्यसैगरि नेपाली राजदूतवासले निशूल्क ट्राभल्स डकुमेन्ट र हवाई टिकट उपलब्ध गराउनुका साथै अबैधानिक बापत अध्यागमनमा गर्नु पर्ने कागजी प्रकृयाका लागि द्रुतसेवा उपलब्ध गराएको थियो । अध्यागमन जरिमाना बापतको आरएम ५०० Our Journey ले बेहाेरिदिएको हो भने एम्बुलिफ्ट र विरामीका लागि ह्विल चियर खरिदका लागि लाग्ने खर्चको प्रवन्ध तेह्रथुम सेवा समाजले गरिदिएको थियो ।
पिएनसिसि मलेसियाको सक्रियतामा उद्दार गरि स्वदेश फर्काईएको सुरेन्द्रलाई पिएनसिसि नेपालको रोहवरमा परिवारको जिम्मा लगाई सकिएको छ ।