काठमाडौं := जनकपुर बोल्ट्सका बलर ललित राजवंशी नेपाल प्रिमियर लिग (एनपिएल) को उत्कृष्ट बलर चुनिएका छन् । एनपिएल प्रतियोगिताभर १७ विकेट लिएका ललितले मोटरसाइकल पुरस्कार पाएका छन् ।
यस्तै सुदूरपश्चिम रोयल्सका सैफ अली जैब एनपीएलको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । प्रतियोगिताभर उनले २७५ रन र १२ विकेट लिएका उनले एक लाख रुपैयाँ पुरस्कार हात पारे ।




















